काेलकाता: पश्चिम बंगालको जमुरिया थाना क्षेत्रमा एक अनौठो घटना घटेको छ। यहाँ आकाशबाट एक रहस्यमयी गोलाकार वस्तु बिल्डिङसित ठोकिएर जमीनभित्र पसेको छ। बिहिवार बिहान लगभग ९ बजी भएको य़स घटनाको सूचना पाएपछि पुलिस पनि घटनास्थलमा पुगेको छ।
उक्त वस्तु धातुले बनेको प्रत्यक्षदर्शीहरूको बताए। इकरा गाउँका केही स्थानीय मानिसहरूले दाबी गरे, बिहान ९ बजी उनीहरूले दुई गोलाकार धातुको वस्तु आकाशबाट तीव्र गतिमा तल आएको देखे। यसमध्ये एकले गाउँ निवासी अऩिल बाद्यकरको दुई तले घरको छप्परको एक हिस्सालाई ध्वस्त पाऱ्यो र यसपछि यो माटोमा पस्यो।

दोस्रो गोला मगाराम बाद्यकर नाम गरेको निवासीको आंगनमा झऱेको छ। जसबाट घरकी छोरी झूलन बाद्यकर घाइते भएकी छन्। उसको शरीरको धेरै हिस्सा जलेको छ। उसलाई अस्पतालमा भर्ती गराइएको छ। यो गोला पनि आंगनमा झरेपछि माटोभित्र पस्यो। जमुरिया थाना पुलिस जाँचमा जुटेको छ। उसको भऩाई छ, गोलालाई खेनर निकालिनेछ र त्यसपछि मात्र आखिर यो के चीज हो, यसको पत्ता लाग्नेछ। स्थानीय मानिसहरूले यो उल्का पिन्ड रहेको दाबी गरेका छऩ्।