इम्फाल: मणिपुर पुलिसले राज्यका विभिन्न जिल्लाहरू अधिनस्थ संवेदनशील तथा दुर्गम क्षेत्रहरूमा गहन छापामारी एवं खोजी अभियान संचालन गरी भारतीय दण्ड संहिताका भिन्न-भिन्न धाराहरू उल्लंघन गर्ने १०६ जना मानिसहरूलाई हिरासतमा लियो। पुलिसले आज बताए अनुसार आवश्यक वस्तुहरू सहित राष्ट्रिय राजमार्ग ३७ मा १३५ अनि राष्ट्रिय राजमार्ग २ मा २५७ वटा वाहनहरूको आवागमन सुनिश्चित गरिएको छ। यी वाहनहरूको स्वतन्त्र एवं सुरक्षित आवागमन सुनिश्चित गर्ने ध्येयले सबै संवेदनशील क्षेत्रहरूमा सुरक्षाको कठोर बन्दोबस्त गरिनका साथै व्यापक मात्रामा सुरक्षा बलहरूलाई तैनाथ गरिएको छ। राज्यका पार्वतीय तथा उपत्याका दुवै जिल्लाहरूमा १२८ नाका औ जाँच चौकीहरू स्थापना गरिएको पुलिसले थप बताए।









