सिलगढी पुलिस स्टेशन द्वारा द्रुत कारबाही

WhatsApp-Image-2024-05-02-at-13.38.50-1024x576.jpeg.jpg

हराएको फोन ३५ मिनेट भित्र व्यक्तिलाई गरियो फिर्ता

सिलगढी: उजुरी गरिएको ३५ मिनेट भित्र, सिलगढी थानाको पुलिसले हराएको मोबाइल फोन बरामद गरी यसको वास्तविक मालिकलाई हस्तान्तरण गर्यो। जानकारीका अनुसार धुपगुडी नथुआ हटका निवासी स्वपन घोष आज आफ्नो छोरालाई भेट्न एनबीएसटी बसबाट सिलगढी पुगेका थिए तर त्यही क्रममा बसमा उनले मोबाइल फोन हराए। स्वपन घोषले यस विषयमा सिलगढी थानामा उजुरी दिए। पुलिसले तत्काल कारबाही गरी मोबाइल नम्बरको लोकेशन ट्र्याक गरेर तेन्जिङ नोर्गे बस टर्मिनस पुगेर फोन बरामद गरी आवश्यक कारबाहीपछि वास्तविक मलिकलाई बुझायो। पुलिसले ३५ मिनेटमै फोन बरामद गरी व्यक्तिलाई फिर्ता गरेको बताइएको छ। यसैबीच, स्वपन घोष आफ्नो हराएको फोन फिर्ता पाएपछि निकै खुसी छन्। यसका लागि उनले पुलिसलाई धन्यवाद दिएका छन्।

About Author

Advertisement