दार्जिलिङको सिञ्चेल वन्य जन्तु अभयारण्य अन्तर्गत टोपके डाँड़ामा भीषण आगलागी

IMG-20240502-WA0187.jpg

दार्जिलिङ: दार्जिलिङको सिञ्चेल वन्य जन्तु अभयारण्य अन्तर्गत टोपके डाँड़ा वन क्षेत्रमा आज बिहान भएको भीषण आगलागी दिउँसो २ बजेसम्ममा करिब ८० प्रतिशत आगो नियन्त्रणमा आएको भएपनि यस घटनामा कुनै मानवीय वा धनजनको क्षति भने भएको छैन। उक्त क्षेत्र नजिकै हिउँ चितुवा र रेड पाण्डाको प्रजनन केन्द्र रहेको छ। आगलागी नियन्त्रणका लागि वन विभागका कर्मचारी, स्थानीय गाउँले र दार्जिलिङ दमकलका कर्मचारी घटनास्थलमा पुगेका थिए । अर्कोतर्फ, स्थितिलाई ध्यानमा राख्दै जोरबोङ्लो पुलिस थानाका अधिकारीहरू पनि घटनास्थलमा जम्मा भएका थिए।

यस विषयमा पत्रकारहरूसित कुराकानी गर्दै वन अधिकृत उत्तम प्रधानले भने, ‘मलाई बिहान ७:२० बजे कल आयो आगोको सम्बन्धमा सेवानिवृत्त बीट अधिकारीबाट। उनले चौरस्ताबाट आगो देखेर मलाई खबर गरेका थिए। म तुरुन्तै घटनास्थलमा पुगें।’ उनले सबैको सामूहिक सहयोगले वन नियन्त्रणमा ल्याउन सफल भए पनि वन विभागले स्थलगत निरीक्षणलाई निरन्तरता दिइने बताएका छन्। उनले आगो लाग्नुको कारण भन्न गाह्रो छ भन्दै यो सुक्खा मौसम हो र हावा धेरै तेज छ जसले आगो सजिलै फैलाउन सक्छ भनी बताएका छन्।

उनले अवस्था बिग्रिएमा दमकल टोली घटनास्थलमा पुग्ने आश्वासन दिएको बताएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *