साेरेङ: सोरेङ जिल्लाका पुलिस अधिक्षक जे. जयापान्डियानको पहलमा नयाँ आपराधिक कानून कार्यन्वयनलाई लिएर दोस्रो चरणको प्रशिक्षण कार्यक्रम आज सम्पन्न भयो। सोरेङ जिल्लाको जिल्ला प्रशानिक केन्द्रमा सम्पन्न भएको प्रशिक्षण कार्यक्रममा एसडीपीओ समीर प्रधान लगायत सोरेङ जिल्लाका सबै थानाका एसएचओ लगायत अन्य पुलिस अधिकारीहरूको उपस्थिति रहेको थियो। यस अवसरमा पुलिस अधिक्षक जे. जयापाण्डियानले भारतीय साक्ष्य ऐन २०२३ र इन्डियान एभिडेन्स ऐन १८७२ बारे विस्तृतरूपमा अवगत गराए। उनले भारतीय प्रमाण ऐन १८७२ बाट भारतीय साक्ष्य ऐन २०२३ लाई क्रमशः खण्डमा परिवर्तन गर्ने सकिने बारे छलफल गरे। उनले अधिकारीहरूलाई इन्डियान एभिडेन्स ऐन १८७२ बाट भारतीय साक्ष्य ऐन २०२३ मा गरिएका परिवर्तनहरू जस्तै सान्दर्भिक तथ्यहरू, जबरजस्ती, मुद्दा वा सान्दर्भिक तथ्यको बयान, विज्ञहरूको राय, मौखिक प्रमाणहरू प्रत्यक्ष, इलेक्ट्रोनिक र डिजिटल रेकर्ड समान कानुनी हुनुपर्ने निर्देशन दिए।