गेजिङ जिल्लाले प्राप्त गऱ्यो २३ वटा पोस्टल व्यालेट

IMG-20240429-WA0217.jpg

गेजिङ: गत केही दिन अघि सम्पन्न भएको सिक्किम विधानसभा र लोकसभा चुनाउको निम्ति चुनाउमा खटिएका सरकारी कर्मचारीहरूद्वारा पोस्टल व्यालेटको माध्यमद्वारा गरिएको मतदान आज गेजिङ जिल्लाले प्राप्त गरेको छ। आज गेजिङ जिल्लाले ढाकघरको माध्यमद्वारा कूल २३ वटा पोस्टल व्यालेट जिल्ला चुनाउ विभागका अधिकारी अग्नि छेत्री, गेजिङ जिल्लाका जिल्लापाल एम भरानी कुमार, विभिन्न राजनीतिक दलका प्रतिनिधि लगायत अन्य अधिकारीहरूको उपस्थितिमा हस्तान्तरण गरिएको छ। यी पोस्टल व्यालेट पेपर आज पेलिङको ढाकघरबाट प्राप्त भएको हो। भारतीय चुनाउ आयोगको दिशा निर्देश साथै नियम अनुसार ढाकघरबाट प्राप्त भएको सबै पोस्टल व्यालेट विभिन्न अधिकारी साथै राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थितिमा सील गरेर स्ट्रङ रूममा राखिनु पर्दछ। यसै प्रकारले आज प्राप्त गरेको सबै पोस्टल व्यालेट राब्देञ्चीको स्ट्रङ रूममा राखिएको छ। प्राप्ति भएका सबै पोस्टल व्यालेट राख्ने तरिका र सील गरिएको सबै दृश्यहरू भीडियो गरिएको पनि जानकारी गराइएको छ।

About Author

Advertisement