नेपाली फिल्म माइतीघरका अभिनेता सीपी लोहनीको निधन

IMG-20240429-WA0016

झापा: निजी क्षेत्रले निर्माण गरेको पहिलो  नेपाली फिल्म ‘माइतीघर’का अभिनेता सीपी लोहनी (चिदम्बरमप्रसाद लोहनी)को ८६ वर्षको उमेरमा सोमबार निधन भएको छ। बिमारीका कारण उनको १:३० बजे निधन भएको चलचित्र कलाकार संघले जनाएको छ। काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उनको निधन भएको हो। उनको पार्थिव शरीरलाई सोमबार अपरान्ह ४ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको कलाकार संघका अध्यक्ष मोहन निरौलाले जनाए। लोहनी गायक समेत थिए। रेडियो नेपालमा उनले केही गीत रेकर्ड गरेका छन्। उनी ‘माइतीघर’का गायक समेत थिए। पछिल्लो गीतको रुपमा उनले ‘पुनरागमन’ ल्याएका थिए। नेपालीसहित हिन्दी र बंगाली फिल्मकी चर्चित अभिनेत्री माला सिन्हाका उनी श्रीमान हुन्। उनीहरुकी एक छोरी छिन्।अभिनेता स्व०  लोहनीको दु:खद  निधनमा मृत आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवार जनप्रति  रिपब्लिक इण्डियन मीडिया परिवार श्रद्धाञ्जली तथा हार्दिक समवेदना प्रकट गर्दछl

About Author

Advertisement