झापा: पूर्वीनेपालको हिमाली जिल्ला सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिका- ४ सनासामा एक जना विदेशी नागरिकको मृत्यु भएको छ। ३६ वर्षिया मरिष्टेरिया सिनागा नाम गरेकी ईन्डोनेसियन महिला सगरमाथा बेस क्याम्प जाने क्रममा गत २७ अप्रेलमा होटलमा आई बसेकोमा २८ अप्रेलमा बिहान होटलमा अचेत अवस्थामा फेला परेकी थिइन्। घटना विषयमा जानकारी पाउन साथ तत्काल खटिएको पुलिस टोलीले उनलाई उपचारको लागि होमगिल सामुदायिक अस्पताल नाम्चे लगेकोमा उपचारको क्रममा सोमबार दिउँसो मृत्यु भएको थियो। घटनाका विषयमा थप अनुसन्धान तथा कानुनी प्रकृया भइरहेको जिल्ला पुलिस कार्यालय सोलुखुम्बुले जनाएको छ।