सौतेनी आमाको हत्याको आरोपमा छोरा पक्राउ

Handcuff

झापा: इलामको माई नगरपालिका २ दिपु डाँडा स्थितमा सौतेनी आमाको हत्या आरोपमा छोरालाई  पुलिसले पक्राउ गरेको छ। आइतबार राति ११ बजे मादक पदार्थ सेवन गरेर घर आएका २१ वर्षीय सन्देश दियालीले घरायसी विवादको क्रममा आफ्नै सौतेनी आमा ३१ वर्षीया नेत्रमाया खवासलाई धारीलो हतियारले शरीरको विभिन्न भागमा प्रहार गर्दा खवासको दाहिने हात पूर्ण रुपमा छिनेको थियो भने टाउकोमा समेतमा गम्भीर चोट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको थियो।  पुलिस चौकी दानबारीबाट घटनास्थलमा खटिएको टोलीले हत्यामा संलग्न दियालीलाई धारिलो हतियारसहित नियन्त्रणमा लिएको थियो भने अन्य थप अनुसन्धान कार्य भइरहेको जिल्ला पुलिस कार्यालय इलामले जनाएको छ।

About Author

Advertisement