म्यूजिक इन डान्स मोसन एकादमीले पालन गऱ्यो दशौं स्थापना दिवस

IMG-20240428-WA0202.jpg

गान्तोक: राजधानीस्थित वेलनेस पार्कमा आज म्यूजिक इन डान्स मोसन एकादमीले आफ्नो दशौं स्थापना दिवस भव्यरूपमा पालन गऱ्यो। यस अवसरमा एसकेएम पार्टीका प्रवक्ता जेकब खालिङ मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए। कार्यक्रममा हिपप नृत्य प्रतियोगिताको पनि आयोजना गरिएको थियो, जसमा राज्य बाहिरका पनि धेरै कलाकारहरूले सहभागिता जनाएका थिए। राज्यमा पहिलो पल्ट यस प्रकारको खुल्ला प्रतियोगिता आयोजना भएको हो, जहाँ कलकत्ताबाट डीजेहरूलाई आमन्त्रित गरिएको थियो। यस प्रतियोगितामा सिनियरवर्गमा ४३ जना र जुनियरवर्गमा ४० जनाले सहभागिता जनाएका थिए। राज्यका कलाकारहरूलाई हिपअप नृत्य प्रति प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा कलाकारहरू सहित अभिभावकहरूको पनि व्यापकरूपमा उपस्थिति रहेको थियो। उक्त प्रतियोगितामा जुनियर र सिनियरवर्गका डान्सरहरूले सहभागिता जनाएका थिए जसमा जुनियर वर्गमा सहयुग प्रधान प्रथम र सिमरन छेत्रीले दोस्रो स्थान हासिल गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement