एसडीएफ पार्टीका कार्यकर्ताहरूले गरे पञ्चायत अध्यक्षको वाहन तोडफोड

n60415450017143198601246c6d353f71608f5d0500a5e89c3f52ad860fa53aa399717cf4236c8ccf38c6b3.jpg

गान्गतोक: दक्षिण जिल्लाको याङगाङ राङगाङ निर्वाचन क्षेत्रको निया ब्रम निवासी जिल्ला पञ्चायत केडी काफ्लेको वाहन तोडफोड गरेको जानकारी प्राप्त भएको छ। विशेष गरेर केडी काफ्ने जिल्ला पञ्चायतसँगै एसकेएम पार्टीका सदस्य पनि हुन्। उनको वाहन हिजो राति पार्किङ गरेको ठाउँमा नै एसडीएफ पार्टीका युवाहरूले तोडफोड गरेको एसकेएम पार्टीले जानकारी गराएको छ।

एसके ०१-पीए ०३५१ पार्किङ गरेको ठाउँमा एसडीएफ युवाहरूले तोडफोड गरेको देख्ने साक्षीहरू रहेको हुनाले त्यसैको आधारमा याङगाङ पुलिस थानामा प्राथमिक दर्ता गरिएको छ।

About Author

Advertisement