खाद्य सुरक्षा र मानक प्राधिकरणमाथि गेजिङ जिल्ला स्तरीय सल्लाहकार समिति बैठक सम्पन्न

IMG-20220806-WA0187.jpg

गान्तोक: भारतीय खाद्य सुरक्षा र मानक प्राधिकरणमाथि गेजिङ जिल्ला स्तरीय सल्लाहकार समिति एक बैठक सम्पन्न भयो। गेजिङ जिल्लाका जिल्लापाल वाईडी योङदाको अध्यक्षतामा बसेको बैठकमा पुलिसवल, स्वास्थ्य, शिक्षा, कृषि लगायत विभिन् विभागका अधिकारीवर्गले सहभागिता जनाएका थिए। यस अवसरमा भारतीय खाद्य सुरक्षा र मानक प्राधिकरण, स्टेट सेलद्वारा गरिएको विभिन्न प्रकारको गतिविधिबारे जानकारी गराइयो। सोही प्रकारले सेफ्टी एण्ट स्टेण्डर्स एक्ट अफ् इन्डिया २००६ माथि डा. शिल्पा मुखिया र एफएसओ गोपाल छेत्रीले पावर पोइन्ट प्रेजेन्टेसनको माध्यमद्वारा विस्तृतरूपमा अवगत गराए। यस एन अन्तर्गत इट राइट स्कूल, इट राइट क्याम्पस र फूड फोर्टिफिकेशनमाथि जोड दिइयो। सोही क्रममा संयुक्त खाद्य सुरक्षा आयुक्त निरज थापा ले भारतीय खाद्य सुरक्षा र मानक प्राधिकरण (भारतीय खाद्य सुरक्षा र मानक प्राधिकरण) अनुसार शहरी र अर्ध शहरी क्षेत्रमा विभिन्न पसल, क्यान्टिन र मासु पसलहरू सञ्चालन गर्न प्रमाण प्राप्त गर्ने र दर्ता गर्ने विधिबारे जानकारी गराए। बैटकलाई सम्बोधन गर्दै जिल्लापालले सबैभन्दा पहिले भारतीय खाद्य सुरक्षा र मानक प्राधिकरणबारे स्पष्ट हुन आवश्यक रहेको बताइन्।

उनले बालबालिका र युवाहरूलाई वृत्तचित्रहरू, फेसबुक रिल्स – टिकटक भिडियोहरूबारे संवेदनशील हुनुपर्ने सुझाउ दिइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement