दुष्कर्मको आरोपमा एएसआई पक्राउ

arrested-man-handcuffs-hands-arrested-man-handcuffs-hands-front-112580678.jpg

गान्तोक: एक नाबालिकासँग यौन दुष्कर्म गरेको आरोपमा रम्फू पुलिसले दुई जनालाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा एक जना एएसआई हरि छेत्रीकोरूपमा पुलिसले चिन्हित गरेको छ भने अर्को आरोपी भने नाबालक रहेका छन्। पुलिसले इसक राईलाई नाबालक रहेको कारण जुविनायल होममा पठाएको छ।

घटना क्रम अनुसार इसक छेत्रीले उक्त नाबालिकासँग धेरै पल्ट दुष्कर्म गरेको पुलिसले जानकारी गराएको छ।यसरी नै उक्त घटनामा एएसआई हरि छेत्री पनि सामेल रहेको बताइएको छ।आरोपी राईले फरवरी महिनादेखि नाबालिका यौन दुष्कर्म गर्दै आइरहेको पुलिसको भनाइ रहेको छ। यसरी नै एएसआई हरि छेत्रीले गत अप्रेल महिनादेखि नाबालिकासँग शारिरिक सम्पर्क राख्दै आइरहेका थिए। जब पीडिता गर्ववती बनिन् तब उक्त घटना प्रकाशमा आएको हो। यस घटनाबारे पीडिताकी परिवारले रम्फू थानामा सिकायत दर्ता गरेपछि आरोपीलाई पुलिसले पक्राउ गरेको हो।आरोपी छेत्रीको मूल घर उत्तरखण्डस्थित धारचुला रहेको तर केही समयदेखि रम्फूस्थित विन्टर क्याम्पमा बस्दै आइरहेका थिए।

हाल आरोपी छेत्री विरूद् प्रोटेक्सन अफ् चिल्ड्रेन फ्रम सेक्सुएल अफेन्स २०१२ अन्तर्गत पुलिसले मुद्दा दर्ता गर्दै केरकार गरिरहेको छ।

About Author

Advertisement