गुजरात एटीएसले गान्धीनगर नजिक ड्रग्सको फ्याक्ट्रीको पर्दाफास गरे

afroz-fatta-464x290.jpg

गान्धीनगर: गुजरात एन्टी टेररिस्ट स्क्वाड (एटीएस) लाई गान्धीनगर नजिक ड्रग्सको फ्याक्ट्रीको पर्दाफास गर्नमा सफलता हासिल भएको छ। फ्याक्ट्रीबाट २५ किलो सिन्थेटिक ड्रग्स र कच्चा माल जफत गरिएको छ।
यहाँ तयार हुने ड्रग्सको गुजरातदेखि लिएर राजस्थानसम्म सप्लाई गरिन्थ्यो। राजस्थानमा पनि यस्ता दुई फ्याक्ट्रीको पर्दाफास गरिएको छ। यस मामिलामा कूल आठ जनालाई पक्राउ गरिएको छ। गुजरात एटीएसलाई राज्यमा ड्रग्सको प्रोसेसिङ भइरहेको सूचना प्राप्त भएको थियो। यद्यपि, यसको लोकेशनलाई लिएर ठोस जानकारी थिएन। एटीएस लामो समयदेखि यस छानबीनमा जुटेको थियो। यहीबीच गान्धीनजर नजिक एउटा फ्याक्ट्रीमा सिन्थेटिक ड्रग्स बनाइएको ठोस जानकारी हात लाग्यो। एटीएसले यहाँ छापा मारेर २५ किलो ड्रग्स र कच्चा माल जफत गऱ्यो। एटीएसले मामिलामा आठ जनालाई पक्राउ गरेको छ। सोधपुछको आधारमा राजस्थानमा पनि दुई ठाउँ सिन्थेटिक ड्रग्स बनाइएको जानकारी पाएपछि त्यहाँपनि छापा मारेर दुई वटा फ्याक्ट्रीको पर्दाफास गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement