राज्य मुख्य चुनाउ अधिकारीले गरे स्ट्रङ रूमको निरीक्षण

IMG-20240427-WA0256.jpg

गेजिङ: राज्यका मुख्य चुनाउ अधिकारी डी. आनन्दनले हिजो गेजिङ जिल्ला अन्तर्गत क्योङसाको स्ट्रङ रूमको निरीक्षण गरे। निरीक्षणको क्रममा जिल्लापाल एम भरानी कुमार, अतिरिक्त जिल्लापाल खेमराज भट्टराई, पुलिस अधिक्षक जे. जयापान्डियान लगायत अन्य अधिकारीहरू पनि सामेल रहेको थिए। राज्य मुख्य चुनाउ अधिकारी डी. आनन्दनले निरीक्षणको अवसरमा स्ट्रङ रूममा जडान गरिएको सीसी क्यामेरा साथै २४ घण्टा तैनाथ रहेको सुरक्षा बल लगायत स्ट्रङ रूम परिसरमा रहेको अन्य सुविधाहरीबारे पनि जानकारी गराए। चुनाउ प्रक्रियामा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न २४/७ स्ट्रङ्ग रुमको लाइभ फिड उपलब्ध रहेको बताए।आफ्नो निरीक्षणमा आनन्दनले इन्डो-तिब्बत सीमा पुलिस सुरक्षाकर्मीहरूसँग अन्तक्रिया गर्दै उनले स्ट्रङ रूम परिसरको सुरक्षा कायम राख्नको लागि उनीहरूको समर्पणको लागि प्रशंसा गरे। सोही प्रकारले उनले स्ट्रङ रूमको सुरक्षा व्यवस्थाको सुरक्षालाई लिएर सन्तुष्ट व्यक्त गरेका छन्।

About Author

Advertisement