सिलगढी: दार्जीलिङका जिल्लापाल प्रियंका गोयल, सिलगढी पुलिस आयुक्तालयका वरिष्ठ पुलिस अधिकारीहरू, उप-विभागीय आयुक्तहरू, बीडीओहरू, पर्यवेक्षकहरू र राजनीतिक दलका उम्मेदवारहरूको चुनावी एजेन्टहरूको उपस्थितिमा शनिबार मतदान पछि स्क्रुटिनी प्रक्रिया पूरा भयो। राज्यको सत्तारुढ तृणमूल कांग्रेसले कुनै कमी वा गुनासो रिपोर्ट गरेको छैन। तर, भाजपा उम्मेदवारका चुनावी एजेन्टहरूले धेरै गुनासो गरेका थिए। ती उजुरीका आधारमा निर्वाचन आयोगले माइक्रो पर्यवेक्षक, सीसीटीभी फुटेज र वेबकास्टिङको रिपोर्ट हेरेर उजुरीको सत्यता पुष्टि गरेको थियो। यसपछि चोपडा विधानसभाबाट आएको ईभीएम मेसिन र भीभी प्याट जाँच गरी स्ट्रङ्ग रुममा राखेर सिल गरियो।













