‘चरी बस्यो बनैमा’ नयाँ म्युजिक भिडीयो सार्वजनिक (हेर्नुहोस् भिडीयो)

Chari_baseyoo-original

काठमाडौं। ‘चरी बस्यो बनैमा’ बोलको नयाँ म्युजिक भिडीयो सार्वजनिक भएको छ। गायक तीर्थराज गुरागाई र गायिका स्वस्तिका ढकालको स्वर रहेको गीत शनिबार ‘नेपमेलो’को युट्युब च्यानलबाट सार्वजनिक भएको हो। सार्वजनिक गीतमा समीर आचार्यको शब्द तथा संगीत रहेको छ। यस गीतको रेर्कड अष्ट्रेलियाको सिड्नीस्थित नेपमेलो स्टुडियोमा गरिएको हो। गीतको भिडियोमा अहिलेका चर्चित मोडल प्रभात पल ठकुरी र अनिषा ओलीको नृत्य देख्न सकिन्छ। राजीव समरको कोरियोग्राफी रहेको भिडियोलाई सिनेमाटोग्राफर अर्जुन तिवारीले खिचेका हुन्। गीतको निर्देशन सान थापाले गरेका हुन्। अष्ट्रेलियामा करिब दुई दशकदेखि कर्मथलो बनाउँदै आएका गायक गुरागाईको यो पहिलो गीत हो। सार्वजनिक गीतले नेपालीहरूको मनमा छाप छोड्ने उनको विश्वास छ।

About Author

Advertisement