रास्वपाका उम्मेदवार  लिम्बुले आचार संहिता उल्लंघनको आरोप  

IMG-20240427-WA0011

झापा (नेपाल): गृहमन्त्री रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बूले इलाम क्षेत्र नम्बर दुई अन्तर्गत माङसेबु ङ स्थित जनताकल्याण आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गर्न जाँदा निर्वाचन आचारसंहिता उल्लंघन गरेपछि निर्वाचन आयोगले आवश्यक कारबाही अघि बढाएको जनाएको छ। रास्वपाका उम्मेदवार लिम्बूले मत दिन जाँदा पार्टीको संकेत भएको ब्याच लगाएका थिए। उनले कोटबाहिर स्पष्ट देखिनेगरी रास्वपाको चुनाव चिन्ह घन्टी भएको लोगो लगाएर मत दिएर निर्वाचन आचारसंहिताको उल्लंघन गरेका हुन्। मत दिएपछि उनीविरुद्द उजुरीसमेत परिसकेको छ। निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले रास्वपाको उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा आज उजुरी परेपछि आवश्यक कारबाही सुरु गरेको जानकारी दिएका छन्|

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *