एउटा कालो कोब्रा सर्प उद्धार

कालचिनी: शनिबारदिउँसो सिमसिमे पानी परिरहेको बेला मेचपाड़ा ८ नम्बर गाउँको ट्याङ्की लाईन स्थित एकजना श्रमिक महिला माया राईको घरमा एउटा कालो कोब्रा सर्प निस्किन्दा गाउँभरि खैलाबैला मच्चिएको थियो। घटनाको जानकारी स्थानीय भिलेज पुलिस प्रितम लामाले बन विभागलाई यसको जानकारी दिँदा घटनास्थलमा हेमिल्टनगञ्ज रेञ्जका वनकर्मीहरु पुगेर उक्त सर्पलाई सकुशल उद्धार गर्न सफल भएको थियो। सर्प प्रायः ६ फूट लामो रहेको र निखुर कालो कोबरा प्रजातिको रहेको वनकर्मीहरुले जनाएका छन्। सर्पलाई गोदामडाबरी जङ्गलमा लगेर छाड़िएको वन विभागले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement