कालचिनी: कोदालबस्ती रेञ्जअन्तर्गत मन्थराम बीटको बनकर्मीहरुले शनिबार दक्षिण सातालीमा अभियान चलाउँदा सुपाड़ी बगैचामा लुकाई राखेको प्रायः ३५ सीएफटी सालको लट्ठा उद्धार गरिएको बन विभागले जनाएका छन्। यद्यपि घटना सम्बन्धमा कसैलाई पक्राउ गर्न नसकिएको तर लट्ठा बेच्नलाई लुकाई राखेको योजना विफल बनाउन सफल भएको वन विभागले जनाएका छन्। उद्धार भएको लट्ठाको बजार मूल्य प्रायः एक लाख रुपियाँ बराबर रहेको पनि बन विभागले जनाएका छन्।








