बालिका अपहरण मुद्दाका फरार तेस्रो अभियुक्त पक्राउ

Untitled-10.jpg

सिलगढी: भक्तिनगर थानाले नाबालिग अपहरण गरेको आरोपमा तेस्रो अभियुक्तलाई पनि पक्राउ गरेको छ। अभियुक्तको नाम बिक्की शर्मा हो। गत आइतबार भक्तिनगर थाना अन्तर्गत भानुनगर क्षेत्रकी एक नाबालिग बालिका कुनै कामको लागि घरबाहिर गएको जानकारी प्राप्त भएको छ। त्यही क्रममा केही अपरिचित व्यक्तिले नाबालकलाई जबरजस्ती स्कुटरमा लगे। त्यसपछि लामो समय बितिसक्दा पनि घर नफर्केपछि परिवारका सदस्यले भक्तिनगर थानामा लिखित उजुरी दिएका थिए ।उजुरीका आधारमा अनुसन्धान गर्दै पुलिसले २४ घण्टाभित्रै बिक्की नामका युवकको घरबाट नाबालकलाई बरामद गरेको हो। सोही क्रममा पुलिसले बिक्कीको घरबाट राहुल र दिलीप नामका दुई जनालाई पनि पक्राउ गरेको थियो। त्यसपछि उक्त क्षेत्रको सीसीटीभी फुटेज हेरेर पुलिसले नाबालिगलाई दिलिप र बिक्कीले अपहरण गरेको थाहा पाए। तर गाडी पुलिसले समात्न सकेको छैन। जबकी पुलिसले नाबालिग अपहरणमा संलग्न दुई अभियुक्तलाई पक्राउ गरी स्कुटर पनि बरामद गरेको छ।गएराति गोप्य स्रोतको सहयोगमा बालिका अपहरण प्रकरणका तेस्रो अभियुक्त बिक्की शर्मालाई पक्राउ गरिएको हो। आरोपीलाई आज जलपाईगुडी अदालतमा पेश गरिएको छ। पुलिसले सम्पूर्ण मामिलाको अनुसन्धान गरिरहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *