सिलगढीमा भाजपा र तृणमूल कांग्रेसबीच भिडन्त

IMG-20240426-WA0230.jpg

सिलगढी: चुनावको अन्तिम चरणमा सिलगढीमा भाजपा र तृणमूल कांग्रेसबीच झडप भएको खबर छ। सिलगढी नगरपालिकाको वार्ड नम्बर २५ मा रहेको सिलगढी हिन्दी हाईस्कूलमा भाजपा र तृणमूल कांग्रेसबीच झडप भएको छ। यस दिन राजु बिष्ट मतदानको अवस्था हेर्न हिन्दी हाईस्कुल गएको बताइएको छ। उनी त्यहाँ आइपुग्दा तृणमूल कांग्रेसका कार्यकर्ता र समर्थकहरूले विरोध गर्न थाले। त्यसपछि राजु विष्ट बाहिर निस्केपछि दुवै पक्षले त्यहाँ विरोध गर्न थाले। त्यसपछि भाजपा कार्यकर्ताहरूलाई तृणमूल कांग्रेसका कार्यकर्ताहरूले कथित रूपमा आक्रमण गरे। पछि ठूलो संख्यामा पुलिस र केन्द्रीय बलले स्थितिलाई नियन्त्रणमा लिएको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *