कंग्रेस प्रार्थी डा. मुनिष तामङले गरे विभिन्न स्थानहरूमा बुथहरूको निरीक्षण

IMG-20240426-WA0241.jpg

दार्जीलिङ: आज दोस्रो चरणअन्तर्गत दार्जीलिङ लोकसभा आसनमा शान्तिपूर्ण ढङ्गमा लोकसभा चुनाउ सम्पन्न भयो। यसै क्रममा दार्जीलिङ लोकसभा आसनका कंग्रेस प्रार्थी डा. मुनिष तामङले विभिन्न पोलिङ बुथहरूमा गएर चुनाउ प्रकियाको निरीक्षण गरे। सर्वप्रथम उनी बाघडोग्रास्थित कालीपदा घोष तराई महाविद्यालय पुगेर चुनाउको निरीक्षण गरे । यस पछि उनले सिलगढी गर्ल्स हाईस्कूल अनि रोहिणीसम्म पुगेर चुनाउ प्रक्रियाको निरीक्षण गरे। उल्लेखनीय छ, चुनाउ शुरु हुनभन्दा अघि प्रार्थी तामङले एउटा भिडियो सन्देश जारी गरेर सबैलाई चुनाउको शुभकामना दिएका थिए। यसपल्ट प्रथमचोटि भोट दिने मतदाताहरूलाई उनले बधाई एवं शुभकामना दिए भने चुनाउ प्रचारको क्रममा आफूले सबैबाट माया र समर्थन पाएको बताउँदै सबैलाई धन्यवाद पनि प्रकट गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *