प्रदेश भाजपा-ले चुनाउको समय पार्टी विरोधी गतिविधि गर्ने नेताहरू विरुद्ध कार्यवाही गर्ने

IMG-20240426-WA0254.jpg

गान्तोक: ढिलै भए पनि अन्ततः सिक्किम प्रदेश भाजपा-ले पार्टी विरोधी क्रियाकलापमा लिप्त नेताहरू विरुद्ध कार्यवाही गर्ने भएको छ। गत चुनाउको समय पार्टीमा रहेर अनि पार्टीको सुविधाहरू उपभोग गरेर पार्टी विरोधी क्रियाकलाप गर्ने वरिष्ट नेताहरू विरुद्ध राष्ट्रिय पार्टी भाजपा-ले अनुशासनात्मक कार्यवाही गर्ने भएको हो। पार्टीका प्रवक्ता पासङ ग्याली शेर्पाले आज राजधानीमा एउटा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै यो जानकारी दिएका हुन्। उनकाअनुसार केही वरिष्ट नेता अनि निवर्तमान विधायकहरूले पार्टीमै रहेर गत १८औं लोकसभा अनि ११ राज्य विधानसभा चुनाउमा विपक्षी पार्टीहरूको निम्ति प्रचार गरेका थिए। शेर्पाले ती नेताहरूलाई गद्धारको संज्ञा दिएका छन्।

प्राप्त जानकारीअनुसार गत राज्यमा १९ अप्रेलको दिन सम्पन्न १८औं लोकसभा अनि ११औं विधानसभा चुनाउलाई लिएर केही दिन अघि एउटा समीक्षा बैठक बसेको थियो। त्यसै बैठकमा चुनाउ अवधि केही शीर्ष नेताहरू जसमा केही निवर्तमान विधायक पनि छन्-ले पार्टी भित्रै रहेर पार्टी विरोधी क्रियाकलाप गरेको मुद्दा उठेको थियो। प्रवक्ता शेर्पाकाअनुसार यस प्ररकारको पार्टी विरोधी गतिविधि पटक्कै सहन गरिनेछैन। जति नै ठूलो पदमा रहेको नेता भए पनि अनुशासनात्मकि कार्यवाही गरिनेछ। आगामी २ जूनको दिन विधानसभा चुनाउको मतगणना हुनभन्दा अघि नै कथित गद्धार नेताहरू विरुद्ध उनीहरूको अपराधअनुसारको कार्यवाही पक्रा हुने शेर्पाको भनाइ रहेको छ।

उल्लेखनीय छ, पछिल्ला पाँच वर्षमा धेरैपल्ट सदन भित्र अनि सदन बाहिर भाजपा विधायकहरूको पार्टी प्रतिको गैरजिम्मेवार वर्ताव देखिएको थियो। समय समय पत्रकारहरूले यस विषयमा प्रश्न गर्दा पार्टीभित्रको प्रजातन्भ भन्दै पार्टीले यसमा आँखा चिम्लने गरेको थियो। पार्टीका एक वरिष्ट नेता तथा यसपल्टको लोकसभा चुनाउका उम्मेद्वार छितेन टाशी भोटियाले पनि एकपल्ट सार्वजनिक रुपमा यस विषयलाई उठान गर्दै चिन्ता जताएका थिए। तर, यसपल्ट भने सिक्किम प्रदेश भाजपा-ले पार्टी विरोधी गतिविधि गर्ने नेताहरू विरुद्ध उचित कार्यवाही गर्ने निर्णय लिएको छ।

अर्कोतिर गत चुनाउ अवधि राज्यको सत्तामा रहेको पार्टी सिक्किम क्रान्तिकारी मोर्चाले हिंसात्मक गतिविधि गर्नुको साथै भोट किन्नको लागि पैसा बाँड़ेको सिक्किम प्रदेश भाजपा-ले आरोप लगाएको छ। फेरि केन्द्रमा सरकार गठन गर्न गइरहेको भाजपा-ले प्रत्येक कथित अपराधको जाँच गराएर उचित कानुनी कार्यवाही गर्ने प्रवक्ता पासङ ग्याली शेर्पाको भनाइ रहेको छ। चुनाउ अवधि भाजपा प्रदेश अध्यक्ष डीआर थापाको घर भएको आक्रमणलगायत विभिन्न स्थानमा भएको आक्रमण, राजनीतिक हिंसा, पैसा बाँड़ने कार्य लगायत अन्य तमाम कथित गैरकानुनी क्रियाकलापमाथि सिक्किम प्रदेश भाजपा-ले सम्बन्धित निकायहरूमा उजुरी गरेको छ भन्दै चुनाउ सकिए पनि भाजपाले यी मुद्दाहरूलाई मर्न नदिने र उचित कार्यवाही गरेर नै छोड़्ने शेर्पाको थप भनाइ रहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *