सिक्किम सारथी वेलफेयर बोर्डद्वारा लाभार्थीहरूलाई आफ्नो सहुलियत कार्यालयबाट लैजानुपर्ने आग्रह

IMG-20240426-WA0253.jpg

गान्तोक: बोझोघारीमा रहेको अल सिक्किम सारथी वेलफेयर बोर्डको कार्यालय आजदेखि सुचारूपमा सञ्चालनमा आएको छ। उल्लेखनीय छ, राज्यमा सम्पन्न सिक्किम विधानसभा र लोकसभा चुनाउ गत १९ अप्रेलको दिन सम्पन्न भएको थियो। चुनाउ हुन भन्दा एक महिना अघिदेखि नै राज्यमा आचार संहिता लागु भएको थियो र अहिलेसम्म पनि चलिहेको छ। तर चुनाउ हुन भन्दा अघि सरकारको तर्फबाट कुनै प्रकारको सहुलियत वितरण गर्न नपाउने भएको कारणले गर्दै कार्यालय बन्द राखिएको कार्यालयका उपाध्यक्ष राजु ठटालले जानकारी गराए। पत्रकारहरूसँग कुराकानी गर्दै गान्तोक जिल्लाका धेरै चालकहरूको सहुलियतको कूपन कार्यालयमा रहेको हुँदा यसको वितरण गरिने अवगत गराए। उनले बताए अनुसार धेरै जना चालकहरूलाई चालक वेलफेयर बोर्डको कार्यालय बोझोघारीमा रहेको थाह नभएकोले जानकारी गराउनको निम्ति पत्रकार सम्मेलनको आयोजना गरिएको बताए। जस जसको नामको सहुलियतको कूपन छ, अब उनीहरूले कार्यालयबाट लिएर जान सक्ने अवगत गराए। यस अवसरमा सेन्ट्रल जोइन्ट एक्सन कमिटी लोकल ट्याक्सीका महासचिव निर्मल शंकर, मुख्य सल्लाहकार केबी ग्रिगी र प्रचार सचिव बिनोद कुमार घलेको पनि उपस्थिति रहेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *