रेशीथाङमा शुरू भयो १५ स्टेट एथलेटिक्स मीट

IMG-20240426-WA0252.jpg

३५० भन्दा अधिकले जनाए सहभागिता

गान्तोक: राङकास्थित रेशीथाङमा आजदेखि १५औं स्टेट एथलेटिक मीट शुरू भएको छ। आजको उदघाटन कार्यक्रममा मुख्य अतिथिकोरूपमा राज्यका विशेष पुलिस महानिर्देशक अक्षय सचदेवा रहेका थिए भने खेलसँग सम्वन्धित सबै अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। आजदेखि शुरू भएको तीन दिवसीय यस खेलमा राज्यभरिबाट ३५० भन्दा अधिक खेलाडीहरूले सहभागिता जनाएको सिक्किम एथलेटिक्स एसोसिएशनका महासचिव राजीब रोकाले जानकारी गराएका छन्। पत्रकारहरूसँग कुराकानी गर्दै रोकाले यस खेलको निरीक्षण गर्नको निम्ति संस्थाका सदस्यहरू पनि आएको र यहाँबाट उत्कृष्ट खेलाडीहरूले राष्ट्रीयस्तरको खेलमा प्रतिष्पर्धा गर्ने अवसर पाउने उनले अवगत गराए। आजदेखि शुरू भएको यस प्रतियोगिताको समापन आगामी २८ अप्रेलको दिन हुने भएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *