दार्जिलिङ संसदीय सिटमा ७३.६४ प्रतिशत मतदान

IMG-20240426-WA0197.jpg

दार्जिलिङ: लोकसभा चुनावको दोस्रो चरणमा आज दार्जिलिङ संसदीय सिटमा भईरहेको चुनावमा साँझ ६:३० बजेसम्ममा जम्मा ७३.६४ प्रतिशत मतदान भएको जानकारी प्राप्त भएको छ। दार्जिलिङ संसदीय सिटको सातवटा समष्टीहरूमा चुनाव सम्पन्न भएको छ। दार्जिलिङ जिल्लाको सातवटा विधान सभा समष्टीहरू क्रमैले दार्जिलिङ, खरसाङ, कालेबुङ, सिलगढी, मतिगढ़ा – नक्सलबारी, फाँसीदेवा र चोपड़ामा चुनावको मतदान प्रतिशत सन्तोषजनक रहेको बताइएको छ। आजको भएको दोस्रो चरणको लोकसभा चुनाव अन्तर्गत ६:३० बजेको अपडेट अनुसार दार्जिलिङ संसदीय सिटको दार्जिलिङमा ६६.४५ प्रतिशत, कालेबुङमा ६५.८५ प्रतिशत, खरसाङमा ६७.६७ प्रतिशत, मतिगढ़ा नक्सलबारीमा ७८.५१ प्रतिशत, सिलगढीमा ७५.४५ प्रतिशत, फाँसीदेवामा ८४.११ प्रतिशत र चोपड़ामा ७७.४५ प्रतिशत मतदान भएको दार्जिलिङ जिल्ला प्रशासनको पक्षबाट जानकारी प्राप्त भएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *