भाजपा प्रार्थी राजु विष्टको जीत निश्चित रहेको अनि गोर्खाहरूको समस्या समाधान हुने निश्चित छ: निमा लामा

IMG-20240426-WA0251.jpg

खरसाङ: गोर्खा राष्ट्रिय मुक्ति मोर्चा खरसाङ ब्राञ्च कमिटीको अध्यक्ष एंव भारतीय जनता पार्टीको गठबन्धन दलको नेता निमा लामाले यसपालीको लोकसभा चुनावमा भारतीय जनता पार्टीको प्रार्थी राजु विष्टको जीत निश्चित रहेको दाबी गरेका छन्। उनले पत्रकारहरूसित कुराकानी गर्दै यसपाली भाजपा प्रार्थी राजु विष्टले जीत हाँसिल गर्ने अनि यसपाली गोर्खाहरूको मुद्दा फत्ते भएर गोर्खाहरूको दीर्घकालीन समस्या समाधान हुने बताएका छन्। गोरामुमो खरसाङ ब्राञ्च कमिटीको अध्यक्ष निमा लामाले आज मतदानको दिन खरसाङको विभिन्न बुथहरूको निरीक्षण भ्रमण गरेको र चुनाव शान्तिपूर्ण ढंगमा सम्पन्न भएको र कहीं कतै अशान्ति भएको जानकारी प्राप्त नभएको र सबैतिर चुनाव शान्तिपूर्ण रूपमा सम्पन्न भएको बताएका छन्। उनले खरसाङ क्षेत्रमा भाजपाले राम्रो लिड गर्ने र भाजपा प्रार्थी राजु विष्टले राम्रो मार्जिनले जित्ने दाबी गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *