खरसाङ क्षेत्रमा चुनाव शान्तिपूर्ण सम्पन्न

IMG-20240426-WA0248.jpg

भाजपा र भागोप्रमो समर्थित प्रार्थी दुवै पक्षबाट चुनाव जित्ने दाबी

खरसाङ: यसपालीको लोकसभा चुनावमा मुख्य रूपमा भागोप्रमो समर्थित तृणमूल कंग्रेसको प्रार्थी गोपाल लामा र भारतीय जनता पार्टीको प्रार्थी राजु विष्टमाझ विशेष प्रतिद्वान्दिता देखिएको छ। हुन्च पहाड़मा त्रिकोणीय प्रतिद्वान्दिता रहने भनिए पनि पहाड़मा प्राय: तृणमूल र भाजपामाझ मुख्य रूपमा प्रतिद्वान्दिता देखिएको छ। यी दुवै दलका पदाधिकारीहरूले चुनाव जित्ने दाबी गरिरहेका छन्। १८औं लोकसभा चुनाव अन्तर्गत खरसाङ क्षेत्रमा चुनाव शान्तीपूर्ण सम्पन्न भएको छ। खरसाङको विभिन्न क्षेत्रहरूमा चुनाव शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। यसपालीको चुनावमा विशेष गरेर भागोप्रमो समर्थित तृणमूल कंग्रेसको प्रार्थी गोपाल लामाको पक्षमा र भारतीय जनता पार्टीको प्रार्थी राजु विष्टको पक्षमा बुथहरूमा मानिसहरू बसेको देखियो। साँझ ५ बजेसम्मको अपडेट अनुसार खरसाङ क्षेत्रमा ६५.२ प्रतिशत मतदान भएको जानकारी प्राप्त भएको छ। खरसाङ क्षेत्रका सबै बुथहरूमा चुनाव शान्तीपूर्ण रूपमा भएको छ। खरसाङको २९ नम्बर खरसाङ गिध्द पहाड़ समष्टिको स्प्रिङ साइड चियाबारीको बुथमा साँझ ५ बजेसम्म पनि मानिसहरू मतदान गर्न लाइनमा उँभिएको देखियो। यस बुथमा मतदानमा केही ढिलाई भएको कारणले गर्दा अतिरिक्त चुनाव कर्मचारीहरू मंगाइएको जानकारी प्राप्त भएको छ। त्यसरी नै खरसाङको २८ नम्बर समष्टि खरसाङ चिमनी देवराली समष्टीमा पनि मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। खरसाङ क्षेत्रको चुनाव विषयमा पत्रकारहरूसित कुराकानी गर्दै भागोप्रमो खरसाङ गिध्द पहाड़ समष्टिको सचिव एंव पञ्चायत समिति सदस्य भक्तिमान तामाङले खरसाङ गिद्ध पहाड समष्टिका सबै १९ वटै बुथहरुमा चुनाव शान्तिपूर्ण सम्पन्न भएको र यस समष्टीमा रहेको बुथहरूमध्ये स्प्रिङ साइडको २१५ नम्बर बुथमा चुनाव केही ढिलो भएको र केही कम्प्लेन गरेपछि अतिरिक्त चुनावकर्मीहरू थपिएको जानकारी गराएका छन्। उनले २९ नम्बर समष्टीमा चुनाव शान्तिपूर्ण रूपमा सम्पन्न भएको र यस क्षेत्रमा हाम्रो प्रार्थी गोपाल लामाले जीत हाँसिल गर्ने दाबी गरेका छन्। त्यसरी नै पत्रकारहरूसित कुराकानी गर्दै २८ नम्बर समष्टिको सभासद श्याम शेर्पाले यसपालीको लोकसभा चुनावमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापाको अगुवाईमा हामीले जीत हाँसिल गर्नेछौं र हामी पूर्ण रूपमा सफल हुनेछौं कारण अनित थापाको अगुवाईमा विकासमूलक कार्यहरू सम्पन्न भएकोले हामी धेरै आशावादी रहेको पनि बताएका छन्। उनले २८ नम्बर समष्टि अन्तर्गत खरसाङको वार्ड नम्बर १ देखि १० नम्बरसम्म साथै पञ्चायत क्षेत्रमा चुनाव शान्तीपूर्ण सम्पन्न भएको अनि सबैमा प्रार्थी गोपाल लामाले बिजय हाँसिल गर्ने दाबी गरेका छन्।

त्यसरी नै भाजपा २८ नम्बर समष्टिको मण्डल सभापति विशाल लामाले खरसाङमा चुनाव शान्तिपूर्ण रूपमा सम्पन्न भएको र भाजपा प्रार्थी राजु विष्टले निश्चित रूपमा बिजय हाँसिल गर्ने दाबी गरेका छन्। उनले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा गोर्खाहरूको समस्या समाधान हुने पूर्ण आशा रहेको पनि बताएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *