महिलालाई अभद्र व्यवहार गर्ने युवा पक्राउ

IMG-20240426-WA0007-copy

झापा (नेपाल): सभापोखरीमा महिलालाई अभद्र ब्यवहार गर्ने एक युवा पक्राउ परेका छन्  पुलिस चौकी बाह्रबिसे संखुवासभाबाट खटिएको टोलीले जिल्ला संखुवासभाको सभापोखरी गाँउपालिका वार्ड न० -२ हुत्तिखिम बस्ने वर्ष अन्दाजी २३ को जिवन भन्ने युवराज कार्कीलाई पक्राउ गरेको हो। निज कार्कीले लंखुवा खोलाको झोलुङ्गे पुलस्थित एक स्थानीय महिलालाई बाटो छेकी हातपात गर्न खोजेको अभियोगमा पक्राउ गरीएकोको जिल्ला पुलिस कार्यालय सङ्खुवासभाका पुलिस इन्स्पेक्टर अशोक जबेगुले जानकारी दिए। उनी उपर मुलुकी अपराध संहिता, २०७४ बमोजिम अभद्र व्यवहार मुद्दामा म्याद थप गरी अनुसन्धान कार्य भइरहेको इन्स्पेक्टर जबेगुले बताए।

About Author

Advertisement