केन्द्रिय वित्त मन्त्री निर्मला सीतारमणले गरिन् मतदान

1200-675-21318398-thumbnail-16x9-sitharaman.jpeg

बेङ्गलुरू: केन्द्रिय वित्त मन्त्री निर्मला सीतारमणले शुक्रवार बेङ्गलुरूको एक मतदान केन्द्रमा मतदान गरिन्। सीतारमणको साथ उनका पिताले पनि भोट हाले। लोकसभा चुनाउको दोस्रो चरणमा आज कर्नाटकको १४ सीटमा मतदान भइरहेछ।

वित्तमन्त्री कार्यालयले ‘एक्स’ पोस्टमा जारी बयानमा भन्यो, सीतारमणले कर्नाटकको राजधानी बेङ्गलुरूमा एक मतदान केन्द्रमा आफ्नो पिताको साथ भोट हालेपछि मतदाताहरूसित धेरैभन्दा धेरै संख्यामा भोट हाल्ने अपील गरिन्। उनले बेङ्गलुरूको जयनगरमा मतदान केन्द्रमा मतदाताहरूसित कुराकानी पनि गरिन्।

सीतारमणले मतदानपछि संवाददाताहरूको प्रश्नको जवाफ दिँदै भनिन्, विपक्षसित आफ्नो कुनै मुद्दा छैन। विपक्षसित कुनै सकारात्मक एजेन्डा छैन। यसैले उसले लगातार प्रधानमन्त्री नरेन्द्र मोदीमाथि हमला गरिरहेछ, व्यक्तिगत हमला गरिरहेछ। यसभन्दा पनि नराम्रो कुरा के छ भने उसले यस्तो चीजहरू ल्याइरहेछ, जसलाई उसले आफैपनि लागू गर्नसक्दैन।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *