चार सय सर्वसाधारणले मतदान गरेनन्

IMG-20240426-WA0212

सिलगढी: सिलगढी विभागको बुथ नम्बर २७, १७७ र १७८ का करिब चार सय सर्वसाधारणले आज मतदान गरेनन् किनभने उनीहरूले चुनाव बहिष्कारको घोषणा गरेका थिए। चुनाव बहिष्कारको घोषणा कुनै समस्यासँग नभई आपसी विवाद र पुलिसको उदासीनताका कारण बताएको छ। जानकारीका अनुसार हिजो राति भएको विवादका कारण जनताले आज मतदान गरेनन्। माथिल्लो तलाका छिमेकी इस्टिला मिन्चको घरमा बिजुलीको तार बोक्ने क्रममा तार चुडिएको कारण आगलागी भएको बताइएको छ। यसबारे इष्टिला मिन्चले गुनासो गरेपछि छिमेकीले गाली गर्न थाले। यस विषयमा पुलिसलाई जानकारी गराए पनि कुनै वास्ता नगरेको अनि विद्युत् विभागले समेत ध्यान नदिएको बताइएको छ। यसको विरोधमा चार सय सर्वसाधारणले मतदान बहिष्कार गरेको समाचार छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *