बिहेमा नाच्ने विषयमा झगडा हुँदा दुईजना घाइते भए

IMG-20240426-WA0004

झापा (नेपाल): पूर्वीनेपाल स्थित मोरङको जहदा गाउँपालिका–२ हरिनगरा टोलस्थित एउटा बिहे घरमा शुक्रबार बिहान कुटाकुट भएको छ। विजय राजभरको छोरीको बिहे चलिरहेका बेला जन्ती पक्ष र घरगाउँले बीच विवाद हुँदा बिहान २.३० बजेतिर घटना भएको मोरङ पुलिसका प्रवक्ता डीएसपी ज्ञानेन्द्र बस्नेतले बताए। उनका अनुसार घटनामा परी एक बालकसहित दुई जना घाइते भएका छन्। घाइते हुनेमा जहदा–२ का ३५ वर्षीय भविष गिरी र १५ वर्षीय अवदेश राजभर रहेका छन्। घाइते दुवै जना घरगाउँले हुन्। जन्ती आएका युवाको आक्रमणबाट उनीहरु घाइते भएको पुलिसले जनाएको छ।

 घाइतेमध्ये भविषलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल पठाइएको डीएसपी बस्नेतको भनाइ छ। उनको ढाडमा गहिरो चोट छ। अवदेश सामान्य उपचारपछि घर फर्किएका छन्। दुवै जनामाथि हतियार प्रहार भएको हुनसक्ने पुलिसको अनुमान छ। घटनाको प्रकृति र घाइतेको चोटको अवस्था हेर्दा हतियार प्रहार गरेजस्तो देखिने बस्नेतले बताए। घटनामा संलग्न जहदा–५ का २१ वर्षीय कृष्ण सिंहलाई इलाका पुलिस कार्यालय रानीका इन्सपेक्टर सन्दीप बेलबासे नेतृत्वको टोलीले नियन्त्रणमा लिएको छ। सिंह जहदा–५ बाट बिहे घरमा जन्ती गएका थिए। बिहेमा नाच्ने विषयलाई लिएर विवाद हुँदा कुटाकुट भएको पुलिसको भनाइ छ। पुलिसका अनुसार घटनामा हतियार प्रहार भएको हो कि हैन भनेर यकिन गर्ने काम भइरहेको छ। घटनाको अनुसन्धान अघि बढाइएको डीएसपी बस्नेतले बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *