कोलकातामा चुनावअघि हतियारसहित कुख्यात अपराधी पक्राउ

IMG-20240426-WA0140.jpg

कोलकाता: चुनावअघि बरुईपुर थानाको पुलिसले सैदुल सरदार नामकाे एक कुख्यात अपराधीलाई भरुवा बन्दुकसहित पक्राउ गरेको छ। पुलिसले आरोपीलाई बरुईपुरको खिरिष्टला इलाकाबाट पक्राउ गरेको हो। उनको मूल घर जयनगर थाना क्षेत्रको चलताबेरियामा छ। पुलिस स्रोतका अनुसार अभियुक्त मल्लिकपुर क्षेत्रको एउटा घरमा भाडामा बस्दै आएका थिए। बरुईपुर पुलिस स्टेशनले गिरफ्तार आरोपीहरूबाट एक पाइप गन र छवटा नयाँ कारतूस बरामद गरेको छ। आरोपीविरुद्ध बरुईपुर र जयनगर थानामा हत्या, अपहरण, डकैतीलगायतका धेरै मुद्दा दर्ता छन्।

पक्राउ परेका अपराधीले यस क्षेत्रमा केही ठूला अपराध गर्ने योजना बनाएको समेत खुलेको छ। अभियुक्तलाई आज बरुईपुर सब डिभिजन अदालतमा पेश गरिनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *