११ वर्षपछि अदालतले सुनायो जन्मकैदको सजाय

photocollage_2024426164539728.jpg

सिलगढी: सिलगढी अदालतले ११ वर्षपछि निर्मम हत्याकाण्डका दुई अभियुक्तलाई आजीवन कारावासको सजाय सुनाएको छ। त्यसैगरी घटनामा संलग्न एक महिलालाई ६ महिना कैद सजाय सुनाइएको छ।
८ जनवरी २०१४ मा नेपालका बासिन्दा गंगा भूषण राठी र चन्द्र प्रकाश जुरेल सिलगढी आएका थिए। त्यसपछि ११ जनवरीमा गंगाभूषण राठीका छोरा हरिवंश राठीलाई अपरिचित नम्बरबाट फोन आयो। फोन गर्नेले उनका बुबा हरिवंश राठी र साथी चन्द्रप्रकाश जुरेल अपहरणमा परेको बताए । अपहरणकारीले दुवैलाई रिहा गर्न ५० लाख रुपियाँ मागेका थिए । यसपछि हरिवंश राठीले आफ्ना बाबुलाई अपहरणकारीको चंगुलबाट छुटाउन नेपालबाट सिलगढी आए र ५० लाख रुपियाँ फिरौती दिए। यसपछि पनि अपहरणकारीले दुवैलाई रिहा गरेनन्। पछि हरिवंश राठीले सिलगढी थानामा अपहरणको लिखित उजुरी दिएका थिए। मुद्दाको अनुसन्धान गर्दै सिलगढी पुलिस स्टेशनले मोबाइल टावर लोकेशन र बोलपुर पुलिसको सहयोगमा दार्जिलिङ मेल ट्रेनबाट अपहरण गर्ने दुईजना सुरेन्द्र कुमार मिश्र र अभिजित बोसलाई पक्राउ गरेको थियो।सोधपुछका क्रममा अपहरणकारीले दुवैको हत्या गरी जंगलमा फालिएको स्वीकार गरेका छन्। त्यसपछि पुलिसले सुकना जंगलबाट गंगाभूषण राठी र चन्द्रप्रकाश जुरेलको लाश फेला पारेर पोष्टमार्टमका लागि पठाएको थियो। सोही क्रममा पुलुसले आरोपी सुरेन्द्र मिश्रको माटिगडा घरबाट मृतक गंगाभूषण राठीको माला उनकी श्रीमती मनिका मिश्राबाट बरामद गरेको थियो। त्यसपछि पुलिसले दोहोरो हत्याकाण्डका सुरेन्द्र मिश्र, उनकी श्रीमती मोनिका मिश्रा, अभिजित बोस र चौथो आरोपी राजीव रायलाई पक्राउ गरी अदालतमा पेश गरेको थियो। करिब ११ वर्षसम्म सिलगढी अदालतमा यो मुद्दा चलेपछि न्यायाधीशले ४६ जनाको बयान सुनेका थिए।जसपछि आज सिलगढी अदालतको अतिरिक्त जिल्ला सत्र प्रथम अदालतको न्यायाधीश अनिता मल्होत्राले सुरेन्द्र मिश्रा र अभिजित बोसलाई दोषी ठहर गर्दै आजीवन कारावासको सजाय सुनाएको हो। सोही क्रममा मोनिका मिश्राको स्वास्थ्य कमजोर भएका कारण उनलाई ६ महिना कैद सजाय सुनाइएको थियो। चौथो अभियुक्त राजीव रायको हत्यामा कुनै भूमिका नभएको पाइएपछि सम्मानपूर्वक रिहा भएको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *