बागडोग्राको केदारनाथ प्राथमिक विद्यालयमा मतदानमा आरोप

IMG-20240426-WA0160.jpg

बागडोगरा: बागडोगराको केदारनाथ प्राथमिक विद्यालयमा जाली मतदानको आरोप लगाइएको छ। आज बागडोग्राको केदारनाथ प्राथमिक विद्यालयको बुथ नम्बर २५/३९ मा मतदान गर्न गएकी पुष्पा शर्माले एक महिलाले नक्कली मतदाता परिचयपत्र बनाएर भोट हालेको भन्दै आक्रोश व्यक्त गरेकी छन्। उक्त जानकारी मतदान केन्द्रका इन्चार्ज कर्मचारीलाई दिइएको छ। यस्तै नक्कली मतदाता परिचयपत्र बनाएर नक्कली भोट हालेको आरोप छ। घटनापछि पुष्पा शर्माले आक्रोश व्यक्त गरेकी छन्।

पुष्प शर्माले भनिन्, ‘केही महिलाले नक्कली मतदाता परिचयपत्र बनाएर मतदान गरे, मतदान केन्द्रका कर्मचारीलाई जानकारी गराए पनि मलाई मतदान गर्न दिइएन।‘ उजुरी दिने कुरा गरेपछि अन्त्यमा मतपत्रबाट भोट हालेको भन्दै उनले यसरी भोट हालेर कसरी जान सकिन्छ भनेर आक्रोश व्यक्त गरिन्। तर, बुथका अध्यक्ष अधिकृतले भने यस विषयमा कुनै प्रतिक्रिया दिएनन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *