दार्जिलिङमा मतदान गर्ने नानीका आमाहरूका लागि आईसीडीएसको विशेष स्टल

IMG-20240426-WA0209.jpg

दार्जीलिङ: १८औं लोकसभा चुनावको समय नानीको आमाहरूका लागि पनि दार्जीलिङमा अलग्गै व्यवस्था गरिएको देखिएको छ। दार्जिलिङको जिल्ला शासकको निर्देशनमा नै आईसीडीएस कर्मचारीहरूद्वारा नानीको आमा मतदाताहरूका लागि भोट हाल्न सुविधा होस् भनेर नानीहरू हेर्ने व्यवस्था गरिएको छ। नानीको आमाहरू भोट हाल्न सुविधा होस् भनेर आईसीडीएस कर्मचारीहरूद्वारा नानीहरू हेरिदिने गरिएको देखिएको छ ताकि नानीको आमाहरूले राम्रोसितले भोट हाल्न सकियोस्। यस्तो व्यवस्था दार्जिलिङको सन्त जोसेफ कलेजमा रहेको बुथमा गरिएको छ।

उक्त विषयमा पत्रकारहरूसित कुराकानी गर्दै दार्जिलिङ अरबन आईसीडीएस प्रोजेक्ट वार्ड नम्बर २९ को सुष्मा थापाले आज हामीले यहाँ दार्जिलिङको सन्त जोसेफ कलेजमा रहेको बुथमा दार्जिलिङ नगरपालिकाको वार्ड नम्बर २९ को गर्भवती महिला, नानीको आमाहरूका लागि आईसीडीएसको स्टल राखिएको बताइन्। उनले यस स्टलमा हामीले भोट हाल्न आउने नानीहरूको आमालाई सहयोग गर्ने तथा नानीहरू हेरचाह गरिदिने गरेको पनि जानकारी गराइन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *