सिलगढी: भाजपा कार्यकर्ता र समर्थकहरूले जय श्री रामको नारा लगाउँदै अनि मोदी टी-शर्ट लगाएए मतदान केन्द्रको १०० मिटर भित्र घुमिरहेको भन्दै तृणमूल कांग्रेसका कार्यकर्ताहरूले आज भाजपा उम्मेदवार राजु बिष्टलाई गुनासो गरे। तृणमूल कार्यकर्ताको गुनासो सुनेपछि सांसद राजु बिष्टले भने, ‘यदि कोही भाजपाका कार्यकर्ता मोदीको शर्ट लगाएर घुम्छ वा जय श्रीराम गीत बजाउँछ भने सबैले निर्वाचन आयोगको नियम पालना गर्न आवश्यक छ। १०० मिटरको दायरामा घुम्छ भने त्यो हो। यो निर्वाचन आचारसंहिताको उल्लङ्घन हो र सबैले निर्वाचन आचारसंहिताको पालना गर्नुपर्छ।‘










