चुनाव औपचारिकता मात्रै हो, यो चुनाव जीटीएको चुनाव होइन राज्यको चुनाव होइन तर यो दिल्लीमा सरकार बनाउने चुनाव हो: निरज जिम्बा

IMG-20240426-WA0204.jpg

दार्जिलिङ: दार्जिलिङका भाजपा विधायक एवं गोरामुमो नेता निरज जिम्बाले पनि आफ्नो मताधिकार प्रयोग गरेका छन्। उनले दार्जिलिङको टर्नबुल प्राथमिक पाठशालामा रहेको चुनाव बुथमा आफ्नो भोट गरेका छन्। आफ्नो मताधिकार प्रयोग गरेपछि पत्रकारहरूसित कुराकानी गर्दै विधायक निरज जिम्बाले यो चुनाव औपचारिकता मात्रै हौ भन्दै यो चुनाव जीटीएको चुनाव होइन राज्यको चुनाव होइन तर यो दिल्लीमा सरकार बनाउने चुनाव हो भनी बताएका छन्। उनले यो चुनाव विकास र बाटोको चुनाव होइन तर माटोको चुनाव हो भन्दै यो गोर्खाको चिन्हारी र नरेन्द्र मोदीलाई प्रधानमन्त्री बनाउने चुनाव हो भनी बताएका छन्। उनले प्रधानमन्त्रीले गोर्खाहरूको समस्या समाधान हुन्छ भनेकोले यसपाली हामी २०१९ को भन्दा बेसी मार्जिनले जित्ने लक्ष्य राखेका छौं भनी बताएका छन्। विधायक निरज जिम्बाले यसपाली गोर्खाको समस्या पनि समाधान भएर जानेछ भनी आशा राखिएको बताएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *