पश्चिम बंगालका तीन सिटमा व्यापक मतदान हुँदै

IMG-20240426-WA0138

उत्तर दिनाजपुर: लोकसभा चुनावको दोस्रो चरणअन्तर्गत शुक्रबार उत्तर बंगालका थप तीन सिट दार्जिलिङ, रायगञ्ज र बालुरघाटमा मतदान भइरहेको छ। मतदाताहरू घरबाट बाहिर निस्केर मतदान केन्द्रमा पुगेका छन्,र  लामो लाइन देखिएको छl पश्चिम बंगालका तीन सिटमा व्यापक भोटिङ भइरहेको छ, बिहान ९ बजेसम्म १५.६८ प्रतिशत मतदान भइसकेको छ।

बंगालमा बिहान ९ बजेसम्म मतदानः १५.६८%

दार्जीलिङ- १५.७४%

रायगञ्ज-१६.४६%

बालुरघाट-१४.७४%

लोकसभा चुनावको दोस्रो चरणको लागि उत्तर बंगालको दार्जीलिङ, रायगञ्ज र बालुरघाटमा बिहान ९ बजेसम्म लगभग १५.६८ प्रतिशत मतदान भएको बताइएको छ। दार्जीलिङमा १५.७४ प्रतिशत, रायगञ्जमा १६.४६ प्रतिशत र बालुरघाटमा १४.७४ प्रतिशत मतदान भएको छ। रायगञ्ज लोकसभा समष्टिमा बिहान ९ बजेसम्म २८, चोपडा १७.७९ , २९ इस्लामपुर १६.५०, ३० गोलपोखर १६.५४ ३१, चाकुलिया १५.७५ ३2,करनदिघी १६.७2 ३३,हेमताबाद (एससी) १६.2४, ३४ कलियागञ्ज (एससी) १६.५३, ३५ रायगञ्ज  १६.९९, ३६ इटाहार १६.३९ मतदान भएको छl केन्द्रीय बलका ८८ कम्पनी दार्जीलिङमा, १११ उत्तरी दिनाजपुर (रायगञ्ज) र ७३ दक्षिण दिनाजपुर (बालुरघाट) मा तैनाथ छन्। यसबाहेक ११ हजार २ सय १८ प्रदेश पुलिस पनि खटाइनेछ। पहिलो चरणमा १० हजार १५० राज्य पुलिस ड्युटीमा खटाइएको छl यी तीन सिटमा जम्मा ५१ लाख १७ हजार ९५५ मतदाताले ४७ उम्मेदवारको राजनीतिक भाग्य तय गर्नेछन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *