तीनधारे महानदी समष्टि क्षेत्रमा चुनाव शान्तीपूर्ण

IMG-20240426-WA0198.jpg

खरसाङ: खरसाङ खण्ड अन्तर्गत गिध्द पहाड़, महानदी, घैयाबारी, तीनधारे क्षेत्रमा चुनाव शान्तीपूर्ण भईरहेको छ। खरसाङको तीनधारे महानदी समष्टिको विभिन्न बुथहरूमा चुनाव शान्तीपूर्ण रूपमा भईरहेको छ। मानिसहरू बिहानदेखि लाइनमा बसेर भोट हालेका थिए भने अपरान्हको समयमा लाइनमा मानिसहरू केही कम्ती देखिएको छ। तर पनि मानिसहरू लाइनमा उँभिएर भोट हालेको देखिएको छ। यी क्षेत्रहरूमा १४ जना प्रार्थीहरूमा प्राय: जस्तो बुथहरूमा भाजपा प्रार्थी राजु विष्ट र भागोप्रमो समर्थित तृणमूल कंग्रेसको प्रार्थी गोपाल लामाको पक्षमा मानिसहरू बसेको देखियो भने कंग्रेस र अन्य पार्टी साथै निर्दलीय प्रार्थीहरूको पक्षमा बसेको तेति देखिएन। यस विषयमा पत्रकारहरूसित कुराकानी गर्दै जीटीएको तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीले तीनधारे महानदी समष्टिको २२ वटै बुथहरुमा चुनाव शान्तीपूर्ण रूपमा भईरहेको जानकारी गराएका छन्। उनले दिउँसो १ बजेसम्म कही कतै कुनै घटनाको रिपोर्ट नआएको बताएका छन्। त्यसरी नै घैयाबारी ग्राम पञ्चायत दुईको भाजपाको पञ्चायत सदस्या सुष्मिता गजमेरले चुनाव शान्तिपूर्व ढंगमा भईरहेको र तीनधारेमा कुनै अशान्तिबिना नै चुनाव सम्पन्न भईरहेको बताएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *