होण्डा टू व्हीलर्सको पूर्वी राज्यहरूमा रेकर्ड सेल

image001.jpg

काेलकत्ता: भारतको लोकप्रिय दुईचक्के वाहन (टू व्हीलर्स) निर्माता कम्पनी होण्डा मोटरसाइकल एण्ड स्कूटर इण्डिया (एचएमएसआई)-ले पूर्वी भारतमा ८ मिलियनभन्दा अधिक यूनिट बिक्री गरेको छ, जसमा बिहार, झारखण्ड, पश्चिम बंगाल, ओडिशा र उत्तर-पूर्व भारत सामेल छ। कम्पनीको भनाइअनुसार, यो उपलब्धि पूर्वी क्षेत्रका ग्राहकहरूलाई हाई क्वालिटी, इनोवेशन र विश्वसनीय दुईचक्के वाहन प्रदान गरेर हासिल भएको हो। यस क्षेत्रमा उपभोक्ताहरूका अनौठो आवश्यकताहरूलाई पूरा गर्नको निम्ति तयार गरिएको विभिन्न खण्डहरूमा फैलिएको उत्पादहरूका विविध पोर्टफोलियोको साथ होण्डा मोटरसाइकल एण्ड स्कूटर इण्डियाले आफूलाई प्रदर्शन, स्टाइल र स्थायित्वको पर्यायवाची एउटा विश्वसनीय ब्राण्डको रूपमा स्थापित गरेको छ। यस उपलब्धिमाथि टिप्पणी गर्दै होण्डा मोटरसाइकल एण्ड स्कूटर इण्डियाका निदेशक, बिक्री अनि विपणन, योगेश माथुरले भने, पूर्वी क्षेत्रमा ८ मिलियन बिक्रीको माईलखुट्टीसम्म पुग्नु ग्राहकहरूद्वारा होण्डामाथि देखाएको विश्वास र भरोसाको प्रमाण हो। पूर्वाञ्चलमा बिक्री भएको ८ मिलियन यूनिटमा पश्चिम बंगालमा मात्र २.४३ मिलियनभन्दा अधिक दुईचक्के वाहन बिक्री भएको छ।

कम्पनीको प्रोडक्ट्सः
ग्राहकहरूका सेवाको निम्ति ११०० भन्दा अधिक टचपोइण्टको व्यापक नेटवर्कको साथ होण्डा मोटरसाइकल एण्ड स्कूटर इण्डियाको पूर्वी राज्यहरूमा मजबूत उपस्थिति छ। होण्डाको तर्फबाट एक्टिवा, डियो, एक्टिवा १२५, डियो १२५, शाइन १००, सीडी ११० ड्रीम डिलक्स, लिवो, शाइन १२५, एसपी १२५, यूनिकर्न, एसपी १६०, हर्नेट २.० र सीबी २०० एक्स जस्ता दुईचक्के वाहनहरू रहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *