ताप्लेजुङको खम्बाछेनमा  २ हिउँ चितुवा देखिए

IMG-20240425-WA0000-1

झापा (नेपाल):  ४२ सय मिटर उचाईको  पूर्वी नेपालको ताप्लेजुङ स्थित खम्बाछेनमा हिउँ चितुवा ट्र्याक गर्न राखिएको क्यामेरामा ७ दिनमा दुईवटा हिउँताप्लेजुङको खम्बाछेनमा देखिए २ हिउँ चितुवा ताप्लेजुङ — ४२ सय मिटर उचाईको ताप्लेजुङ स्थित खम्बाछेनमा हिउँ चितुवा ट्र्याक गर्न राखिएको क्यामेरामा ७ दिनमा दुईवटा हिउँ चितुवा रेकर्ड भएको छ। हिउँ चितुवा संरक्षण उपसमिति घुन्साकी अध्यक्ष पेञ्जोक्ला शेर्पाका अनुसार ५ अप्रेल (चैत २३ गते) राखेको क्यामेरामा १२ अप्रेल (चैत ३० गते) बेलुका ७ बजेर ५ मिनेटमा दुईवटा हिउँ चितुवा देखिएको हो। हिउँ चितुवा प्रशस्त रहेको अनुमान गरिएको तर संख्या यकिन नभएको फक्ताङलुङ गाउँपालिका–६ लेलेपको हिमाली क्षेत्रमा यो वर्ष अध्ययनका लागि ३४ वटा क्यामेरा जडान गरिएको छ। शेर्पाका अनुसार दुवै हिउँ चितुवा सँगसँगै हिँडेको देखिएको छ। क्यामेराले एउटाको पुरै शरीर खिचेको छ भने अर्कोको चाहिँ पुच्छर मात्रै खिच्न भ्याएको छ।

४ हजार २ सय ६६ मिटर उचाइको मेराकमा खिचेको क्यामेराको रेकर्ड भने उनीहरूले ढिलो गरी थाहा पाएका थिए। एकपछि अर्को गरेर क्यामेराको मेमोरी हेर्दा केही ढिलो गरी थाहा पाएको तर हिउँ चितुवा परेको देख्दा खुसीको सीमा नभएको उनले बताइन्। विश्व वन्यजन्तु कोष नेपालको सहयोगमा कञ्चनजंघा संरक्षण क्षेत्रले हिउँ चितुवा संरक्षण उपसमिति मार्फत यो वर्ष क्यामेरा राखेको हो। यो क्षेत्रमा १० ठाउँमा २० वटा क्यामेरा राखिएको छ। खम्बाछेन क्षेत्रमा सबैभन्दा बढी क्यामेरा राखिएको छ। यो ठाउँमा पहिला पनि हिउँ चितुवालाई पासोमा पारेर स्याटलाइट लगाइएको थियो। चितुवा रेकर्ड भएको छ। हिउँ चितुवा संरक्षण उपसमिति घुन्साकी अध्यक्ष पेञ्जोक्ला शेर्पाका अनुसार ५ अप्रेल (चैत्र २३) राखेको क्यामेरामा १२ अप्रेल (चैत ३) बेलुका ७ बजेर ५ मिनेटमा दुईवटा हिउँ चितुवा देखिएको हो।

हिउँ चितुवा प्रशस्त रहेको अनुमान गरिएको तर संख्या यकिन नभएको फक्ताङलुङ गाउँपालिका–६ लेलेपको हिमाली क्षेत्रमा यो वर्ष अध्ययनका लागि ३४ वटा क्यामेरा जडान गरिएको छ। शेर्पाका अनुसार दुवै हिउँ चितुवा सँगसँगै हिँडेको देखिएको छ। क्यामेराले एउटाको पुरै शरीर खिचेको छ भने अर्कोको चाहिँ पुच्छर मात्रै खिच्न भ्याएको छ।

४ हजार २ सय ६६ मिटर उचाइको मेराकमा खिचेको क्यामेराको रेकर्ड भने उनीहरूले ढिलो गरी थाहा पाएका थिए। एकपछि अर्को गरेर क्यामेराको मेमोरी हेर्दा केही ढिलो गरी थाहा पाएको तर हिउँ चितुवा परेको देख्दा खुशीको सीमा नभएको उनले बताइन्। विश्व वन्यजन्तु कोष नेपालको सहयोगमा कञ्चनजंघा संरक्षण क्षेत्रले हिउँ चितुवा संरक्षण उपसमिति मार्फत यो वर्ष क्यामेरा राखेको हो। यो क्षेत्रमा १० ठाउँमा २० वटा क्यामेरा राखिएको छ। खम्बाछेन क्षेत्रमा सबैभन्दा बढी क्यामेरा राखिएको छ। यो ठाउँमा पहिला पनि हिउँ चितुवालाई पासोमा पारेर स्याटलाइट लगाइएको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *