संखुवासभा मुढेबाट धरानतर्फ गइरहेको सुमो धनकुटामा दुर्घटना

IMG-20240425-WA0006

झापा (नेपाल): संखुवासभाको धर्मदेबी नगरपालिका मुढेबाट धरानतर्फ जाँदै गरेको सुमो गाडी धनकुटामा दुर्घटना भएको छ। १ ज २३३८ नम्बरको सुमो आज बिहान करिब ११:१५ बजेको समयमा धनकुटा नगरपालिका -६ फोक्लेण्डटापु नजिक दुर्घटना भएको हो। दुर्घटनामा परि ८ जना घाइते भएका छन्।  घाइते मध्ये तिनजनाको धनकुटा जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने बाँकी घाईतेहरुलाई उद्वार गरि धरान स्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाइएको  पुलिसले जनाएको छ। दुर्घटनामा परि घाइते हुनेहरुमा संखुवासभाको धर्मदेबी-१ की सुनिता खड्का,सरिता खड्का, शुशिला खड्का, दीक्षा कार्की झापाको बिर्तामोड -७ की खड्गमाया कार्की, युवराज कार्की  सुनसरी इटहरी -४ का गगन चौलागाईं र ईश्वर चौलागाईं रहेको जिल्ला पुलिस कार्यलय धनकुटाका प्रवक्ता डीएसपी राजबाबु महर्जनले बताएका छन्।गाडी चालक संखुवासभा धर्मदेबी-५ का २६ वर्षीय निमा लाक्पा शेर्पालाई पुलिसले नियन्त्रणमा लिएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *