शिव हाजरा उपनाम शिबुविरूद्ध बलात्कारका दुईवटा मुद्दा दर्ता

1708180401_shibu.jpg

काेलकाता: सीबीआईले सन्देशखालीमा महिलाहरूमाथि भएको अत्याचारको प्राथमिकी दर्ता गरेको छ। यसपूर्व सन्देशखाली मामिलामा पुलिसले शाहजहाँ शेखका सहयोगी तथा पक्रा परेका तृणमूल कंग्रेसका नेता शिव हाजरा उपनाम शिबुविरूद्ध बलात्कारका दुईवटा मुद्दा दर्ता गराएको थियो।

शिबु समेत तीनजनामाथि बलात्कारको आरोप लगाइएको थियो। यसपालि सीबीआईले सन्देशखालीमा महिलासित दुष्कर्म भएको सिकायत दर्ता गरेको छ।

सीबीआईद्वारा जारी बयानमा बताइएको छ, सन्देशखाली मामिलामा प्राथमिकी दर्ता गरेपछि आरोपीसित जाँचबुझ गर्ने तयारी गरिँदैछ। यस मामिलामा सिकायत दर्ता गराउने मानिसहरूको पनि बयान रेकर्ड गरिनेछ। स्थानीय थानामा दर्ता सिकायतहरूको संज्ञान पनि लिइएको छ। सोही आधारमा अनुसन्धान गरिनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *