देशको संविधान जोगाउन हातको चूनाव चिन्हमा भोट दिनुहोस्: तारा सुन्दास

IMG-20240424-WA0289.jpg

दार्जीलिङ: शिक्षित बेरोजगार युवाहरूलाई न्याय दिलाउन साथै देशको संविधान बचाउनलाई यसपालीको लोकसभा चुनावमा हातको चुनाव चिन्हमा भोट दिनु होस् भनी सीपीआई नेता तारा सुन्दासले बताएका छन्। ईण्डिया गठबन्धन समर्थित कांग्रेस उम्मेद्वार डाक्टर मुनिष तामाङको पक्षमा आज कालेबुङमा चुनावी पथसभा सम्पन्न भयो। उक्त चुनावी पथ सभालाई सम्बोधन गर्ने क्रममा सीपीआई नेता तारा सुन्दासले भारतीय जनता पार्टीले ‘अगली बार चार सय पार’ भन्दैछ। यदि चार सय पार भएको खण्डमा देशको संविधान खतरामा पर्नेछ। भारतको संविधानलाई विश्वको सबैभन्दा ठूलो गणतन्त्र रहेको संविधान भनिन्छ। तर देशको संविधानलाई भाजपाले लथालिङ भताबुङ बनाउने दिशामा काम गर्दैछ। चुनाव आउँछ जान्छ। तर यस पटकको चुनाव देशको संविधानलाई सुूरक्षा राख्ने चुनाव हो तिनले भने। देशमा दिनप्रति दिन बेरोजगारहरूको संख्या बढदै जान्दैछ किशानले आफ्नो फसलको सही मूल्य नपाएकोले आत्मा हत्या गर्न बाध्य बन्दैछ। यी सबै विषयहरूलाई रोक लगाउन अब हुने चुनावमा हातको चुनाव चिन्हमा भोट दिने सीपीआई नेता तारा सुन्दासले आह्वान् गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *