भाजपा नेता अरुण प्रधानलाई पुलिसले १० लाखसहित पक्राउ गरे

IMG-20240424-WA0286.jpg

बिजनबारी: आज बिजनबारी पर्बुङ बस्ती सुम्बुक निवासी भाजपा दार्जिलिङ महकुमाका सांगठनिक सचिव साथै रिम्बिक विद्यालयको शिक्षक अरुण प्रधानको निजी वाहनबाट पुलिसले १० लाख बरामद गरेको जानकारी प्राप्त भएको छ। अरुण प्रधान पनि त्यसै गाडीमा थिए। यत्रो पैसा विषय जानकारी लिनु खोज्दा अरुण प्रधानले राम्ररी बताउनु सकेनन्। यसै शंकामा पुलिसले प्रधानलाई पक्रेका हुन् अनि रुपियाँ पनि आफ्नो कब्जामा राखेको बताइएको छ।
दुई दिनपछि चुनाव हुँदैछ।

यति धेरै पैसा कहाँबाट आयो अनि कता लागेको विषय पुलिसले छानबीन गरिरहेको जानकारी पुल बजार पुलिस थानाबाट दिइएको छ।

About Author

Advertisement