भागोप्रमो र जीटीए कर्मचारी सङ्गठनमाझ अन्तर्क्रियात्मक सभा  

e372a49d-7248-4f1d-aa69-6711bc6e013d

खरसाङ – भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको खरसाङ महकुमा समितिको कार्यालयमा भागोप्रमो २८ नम्बर समष्टिको आयोजनमा जीटीए कर्मचारी खरसाङ महकुमा समितिको प्रतिनिधिहरूसँग एक अन्तर्क्रियात्मक कार्यक्रम सम्पन्न भएको छ। यस सभामा पार्टीको तर्फबाट २८ नम्बर समष्टिको मूल सचिव श्याम शेर्पा, नारी शक्ति सभापति सुषमा मुखिया, टाउन कमिटीको मूल सचिव सूर्य कमल छेत्री, सह सचिव सञ्जय मुखिया, प्रचार-प्रसार सचिव बिरबल पाखरीन, नारी शक्ति सभापति टाउन कमिटी सबिता कार्की,उपसभाति चित्र कला लामा आदि उपस्थित उपस्थित रहेका थिए।

सभालाई जीटीए कर्मचारी सङ्गठनको सभापति साजन घतराज, प्रचार-प्रसार सचिव रबि तोलंगी, एमके लामा, किस्मत सुब्बाले सम्बोधन गरेका थिए। यसको साथै पार्टीको तर्फबाट सुर्य कमल छेत्री, सबिता कार्की, सुषमा मुखियाले सम्बोधन गरेका थिए। सम्बोधनको क्रममा कर्मचारीहरूको पक्षबाट बोल्दै भागोप्रमोको पक्षमा रहेको कुरा अवगत गराए तर चुनाव जितेपछि पार्टीले कर्मचारीहरूको समस्याहरू समाधान गरिदिने पूर्ण आशावादी रहेको बताए। सभा अघि खरसाङ नगरपालिकाको वार्ड नम्बर 2 निवासी अधिवक्ता कृष्ण छेत्रीलाई भागोप्रमो खरसाङ टाउन कमिटीको निम्ति कानुनी सल्लाहकार नियुक्ति गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement