मुख्यमन्त्री तामाङले गरे दार्जीलिङको विशप हाउसको भ्रमण

IMG-20240424-WA0007.jpg

गान्तोक: राज्यका निवर्तमान मुख्यमन्त्री एवम एसकेएम पार्टीका अध्यक्ष प्रेम सिंह तामाङ गोलेले आज दार्जीलिङको विशप हाउसको भ्रमण गरे। भ्रमणको क्रममा उनले त्यहाँका पादरीहरूसँग विभिन्न विषयमा छलफल गरेको जानकारी गराइएको छ। यसरी धेरै दिनपछि विशप हाउसको भ्रमण गर्ने अवसर प्राप्त भएकोमा तामाङले आफूलाई भाग्यशाली ठानेका छन्। भ्रमणको क्रममा दार्जीलिङ विशप हाउसका विशप स्टेफन लेप्चासँग ग कुराकानी गर्न पाउनु र यी व्यक्तिहरूको आफ्नो समुदाय र विश्वासप्रतिको समर्पण र प्रतिबद्धतालाई प्रत्यक्ष रूपमा साक्षी दिन पाउनु आफ्नो निम्ति गर्वको विषय रहेको बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement