गान्तोक: राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले आज हनुमान जयन्तीको पवन अवसरमा दार्जीलिङको महाकाल मन्दिरमा पुगेर पूजा अर्चना गरे। विशेष गरेर उनले राज्यबासीको तर्फबाट उक्त मन्दिरमा पूजा अर्चना गर्दै राज्यको शान्ति, एकता र सदभावना कायम रहोस् भनि प्रार्थना गरे। भगवान हनुमानजीले हामीलाई सबै बाधाहरू पार गर्न र समृद्धि, शान्ति र उच्च आध्यात्मिक स्तरतर्फ लैजान शक्ति र मार्गदर्शन प्रदान गरून् भन्दै उनले पूजा अर्चना गरेका हुन्।











